दफा २८
अन्य व्यक्तिबाट खर्च गराउन नहुने
(१) राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा खर्च गर्दा अन्य व्यक्तिलाई खर्च गर्न लगाउन हुँदैन ।
तर आफ्नो निर्वाचन प्रतिनिधि मार्फत खर्च गर्न बाधा पर्ने छैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्नेलाई आयोग वा निर्वाचन अधिकृतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।